१५ माघ २०७९, आईतवार

बैतडीमा जिप दुर्घटना : ४ जना घाइते, २ जनाको अवस्था गम्भीर

२०७९,मङ्सिर,२१,बुधबार ११:५०

81
Shares

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । बुधबार बिहान जिल्लाको सूर्नया ६ दुदिलाखान नजिकै जिप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका हुन् ।

घाइते हुनेमा बझाङको केदारस्यु गाउँपालिका ५ का जिप चालक २० वर्षीय धनबहादुर गुरधामी, बझाङकै बुंगल नगरपालिका वडा नं ९ का ४५ वर्षीय नरपती पातली, ७० वर्षीया काली पातली र नरमा पातली रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

उनका अनुसार बुंगल नगरपालिका वडा नं ९ की ४५ वर्षीय नरपती पातली,७० वर्षीया काली पातलीको अवस्था गम्भीर रहेको छ । उनले भने, ‘उपचारका लागि डडेल्धुरा लगिएको छ । उनीहरुको अवस्था गम्भीर छ । दुई जना सामान्य छन् ।’ घाइतेलाई उपचारका लागि डडेल्धुरा पठाइएको प्रहरी प्रवक्ता जोशीले बताए ।

बुधबार बिहान बझाङबाट डडेल्धुरा जाँदै गरेको से१च १२२६ नं को जिप जयपृथ्वी राजमार्गमा पर्ने सूर्नया–६ दुदिलाखान नजिकै दुर्घटना परेको हो । जिप सडकबाट करिब सय मिटर तल खसेको हो ।

प्रकाशित मिति: २०७९,मङ्सिर,२१,बुधबार ११:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दमक । दमक–६ स्थित फर्निचर लाइनमा रहेको बालाजी फर्निसिङमा आज साँझ आगलागी भएको छ । त्यहाँस्थित विकास भट्टराईले सञ्चालन गरेको

काठमाडौं । वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतलाई अभिनन्दन गरिएको छ । डल्लु आवास स्थानीय समितिद्वारा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय पुरस्कार विजेता

धनकुटा । धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाहरूको भीडमा परी करिब एक दर्जन बढी घाइते भएका छन् ।

धनुषा । धनुषा प्रहरीले पेस्तोल बेच्ने र खरिद गर्ने दुवैलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पेस्तोल

ताजा समाचार

‘के लत बस्यो’लाई ३१ लाख बढी ‘भ्यूज’
 २०७९,माघ,१५,आईतवार ०७:५२
सुन्तला बिक्रीबाट रु ४५ लाख आम्दानी
 २०७९,माघ,१५,आईतवार ०७:३२
यस्तो छ आजको विनिमयदर
 २०७९,माघ,१५,आईतवार ०७:२५