चन्द्रागिरिमा सडकबत्ती जडान शुरू

लोकपथ
39
Shares

काठमाडौं ।चन्द्रागिरि नगरपालिकामा सडकबत्ती जडान शुरू गरिएको छ  । ‘उज्यालो चन्द्रागिरि’ अभियानअन्तर्गत चन्द्रागिरिभित्र पाँच हजार सडकबत्ती जडान गर्न  लागिएको हो । चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट नगरपालिका भरमा ती सडकबत्ती जडान थालिएको हो ।

नगरपालिकाले गत आर्थिक वर्षमा मुख्य राजमार्ग कलङ्की–नागढुङ्गा–पिपलामोड सडकखण्डमा सडकबत्ती जडान गरेको थियो । नगरपालिकाले बत्ती जडानको आवश्यकता रहेको क्षेत्रको पहिचान गरी नगरपालिकामा निवेदन दिनसमेत नगरवासीलाई आह्वान गरेको छ ।

सो नगरपालिकाले सडकबत्तीसँगै प्रत्येक वडाका विभिन्न सार्वजनिकस्थलमा सिसीटिभी तथा निःशुल्क वाइफाइ जडान पनि चाँडो सुरु गरिने जनाएको छ । नगरपालिकाले यसका लागि सम्पूर्ण खरिद प्रक्रिया सकिएकाले उचित स्थानको पहिचान गरी जडान प्रक्रियालाई चाँडो अगाडि बढाइने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?