सरकारी र निजी कार्यालय परिसरका फोहोर व्यवस्थापन गर्न महानगरको निर्देशन

लोकपथ
52
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाले सरकारी र निजी कार्यालयमा रहेका फोहोर व्यवस्थापन गर्न निर्देशन दिएको छ।

एक सूचना जारी गर्दै महानगरपालिकाले सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था र गैरसरकारी संस्था वा अन्य प्रकृतिका निजी कार्यालय परिसरमा फोहोरमैला थुप्रिएकोले हटाउन निर्देशन दिएको हो।

कार्यालय परिसर नियमित रूपमा सरसफाइ नगर्दा फोहोर थुप्रिएको र यस्ता फोहोर ३५ दिनभित्र हटाउन पनि महानगरले सूचनामा भनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?