घट्दै कोरोना संक्रमणदर

लोकपथ
117
Shares

काठमाडौं । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा एक जना मात्रैमा कोरोना संक्रमण देखिएको जनाएको छ ।

पछिल्लो २४ घण्टाको कोरोना संक्रमण विवरण सार्वजनिक गर्दै मन्त्रालयले नौ सय २३ जनाको नमूना परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको जनाएको हो ।

यस अवधिका १४ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल नेपालमा ७९ जना संक्रिया संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ । पछिल्लो एक दिनमा ८५ हजार आठ सय १२ जनाले कोभिडविरुद्धको खोप लगाएको पनि उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?