महानगरपालिकमा करार कर्मचारी नियुक्ति गर्दा लोकसेवाका वैकल्पिक उम्मेदवारलाई प्राथमिकता

लोकपथ
65
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले करार सेवामा कर्मचारीहरु नियुक्ति गर्दा लोकसेवा आयोगको परीक्षामा वैकल्पिक तथा अस्थायी योग्यताक्रममा रहेका उम्मेदवारहरुलाई प्राथमिकता दिने भएको छ ।

मंगलबार महानगरपालिकाले सूचना जारी गर्दै करार सेवामा कर्मचारी नियुक्तिका लागि लोकसेवा आयोगको परीक्षामा वैकल्पिकमा परेका उम्मेदवारलाई आवेदनका लागि आह्वान गरेको छ ।

महानगरपालिकाले करारमा इन्जिनियर नियुक्त गर्दा आव २०७९/०८० मा लोसकेवा आयोगका विभिन्न विज्ञापन र सूचनामा वैकल्पिक तथा अस्थायी योग्यताक्रममा रहेका उम्मेदवारहरु पहिलो प्राथमिकता पर्नेछन् ।

अस्थायी तथा वैकल्पिक योग्यताक्रममा रहेका सिभिल इन्जिनियर, आर्किटेक्ट इन्जिनियर र इस्ट्रक्चर इन्जिनियरका उम्मेदवारहरुलाई सूचना प्रकाशित भएको मितिले सात दिनभित्र निवदेन दिन अनुरोध गरिएको छ । महानगरको यो कदमलाई सबैले स्वागतयोग्य कार्य भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?