काठमाडौं । बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । सिन्धुपाल्चोकको साविक ठुलोसिरुबारी गाविस वडा नम्बर ३ हाल परिवर्तित चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ स्थायी घर भएका ४४ बर्षीय चानष बहादुर गिरीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।
पाँच लाख ५० हजार रुपैयाँ बिगो रहेको बैंकिङ कसुर सम्बन्धी मुद्धामा उच्च अदालत पाटन ललितपुरबाट २०७९ साउन २४ गते पक्राउ अनुमती जारी भई फरार रहेकोमा कार्यालयबाट खटिएको प्रहरीले टोलीले आईतवार साँझ सुकेधारा क्षेत्रबाट पक्राउ गरिएको उक्त कार्यालयले जानकारी दिएको छ ।
पक्राउ परेका गिरीलाई आवश्यक कारबाहीको लागि सोमवार महानगरीय प्रहरी वृत बौद्ध कार्यालयको भनाइ छ ।