गंगालालमा २० हजार बिरामीको ओपन हार्ट सर्जरी

लोकपथ
63
Shares

काठमाडौं । काठमाडौंको बासबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले हालसम्म २० हजार बिरामीको ओपन हार्ट सर्जरी (मुटु शल्यक्रिया) गरेको छ ।

सोमबार अस्पतालले २० हजार बिरामीको मुटुको शल्यक्रिया पुर्याएको वरिष्ठ शल्य चिकित्सक डा. रामेश कोइरालाले जानकारी दिए । सो अवसरमा अस्पतालले केक काटेर सेलिब्रेशन समेत गरेको उनले बताए ।

गंगालालमा २०५८ सालबाट शुरु भएको ओपन हार्ट सर्जरी शुरु भएको हो ।

२ सय ३९ शैयाको माध्यमबाट सेवा दिइरहेको अस्पताल शुरुमा ९ शैयाबाट शुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?