२२ माघ २०७९, आईतवार

वैकल्पिक व्यवस्था गर्न सुकुम्बासीको माग

२०७९,मङ्सिर,१९,सोमवार १८:०८

45
Shares

काठमाडौं । सुकुम्बासीले आफूहरूलाई बस्नका लागि वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । बागमती नदी किनाराका सुकुम्बासीले आज माइतीघरदेखि नयाँबानेश्वरसम्म पदयात्रा गरी आफूहरूलाई बस्नका लागि वैकल्पिक व्यवस्था गर्न सरकारलाई आग्रह गरेका हुन् ।

कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालका अध्यक्ष कुमार कार्कीले वर्षौँदेखि बसोबास गरिरहेको जमिनमा वैकल्पिक व्यवस्था गर्न माग गरे । ‘वैकल्पिक व्यवस्था बिना गरिएको उठिबास सह्य हुँदैन, वैकल्पिक बसोबास बिनाको उठिबास नागरिक अधिकारमाथिको हनन हो’, उनले भने ।

उनले सुकुम्बासी विध्वंसकारी नभएको भन्दै देश विकास र निर्माणका शक्ति सुकुम्बासी भएको बताए । अध्यक्ष कार्कीले सरकारले सुकुम्बासीहरूको वार्ता र सहमतिको ढोका बन्द गरेको भन्दै वार्ताबाट समस्याको समाधान गर्न आग्रह गरे । यही मंसिर १२ गते अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिको पहलमा काठमाडौं महानगरपालिका डोजर लिएर सुकुम्बासी बस्ती भत्काउन पुगेदेखि बस्तीमा असहज परिस्थिति सिर्जना भएको थियो ।

प्रकाशित मिति: २०७९,मङ्सिर,१९,सोमवार १८:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राजस्व अनुसन्धान विभागले पछिल्लो तीन महिनाको अवधिमा राजस्व चुहावटका ६ मुद्दा दायर गरेको छ । विभागले आज प्रेस

काठमाडौं । हिमालय शमशेर जबराको सबैले चिन्ने परिचय नेपाल राष्ट्र बैंकको प्रथम गभर्नर हो । तर, यतिमा मात्रै उनको परिचय

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका पहिलो गर्भनर हिमालय शमशेर राणाको निधनप्रति दुःख व्यक्त

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल टेलिकमको वार्षिकोत्सव उद्घाटन गरेकी छन् । आज नेपाल दूरसञ्चार कम्पनी

ताजा समाचार

संसदमा बाधा अड्काउ फुकाउ आदेश पेस
 २०७९,माघ,२२,आईतवार १६:५७
नेप्से परिसूचकमा झिनो अंकको वृद्धि
 २०७९,माघ,२२,आईतवार १६:३३