गौरादह नगरपालिकामा निःशुल्क एम्बुलेन्स

लोकपथ
39
Shares

झापा । झापाको गौरादह नगरपालिकाले गर्भवती महिलाको प्रसूति गराउन निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । यसै वर्षदेखि सुरु गरिएको यो कार्यक्रममा अहिलेसम्म एक सय ४५ गर्भवतीले सेवा लिएका छन् । गर्भवतीलाई अस्पतालसम्म पुग्न सहज बनाउनका लागि यो कार्यक्रम सुुरु गरिएको नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले जानकारी दिए ।

यो कार्यक्रमले महिलालाई प्रसूति गराउन अस्पतालसम्म पुग्न सहज भएको उनको भनाइ छ । झापा, मोरङ र सुनसरीसम्मका अस्पतालमा प्रसूति गराउन जाने महिलाका लागि एम्बुलेन्सको व्यवस्था गरिएको नगरपालिकाका स्वास्थ्य सहसंयोजक गोविन्द श्रेष्ठले जानकारी दिए ।

यसैगरी नगरपालिकाले नगर अस्पतालमा समेत विशेषज्ञ सेवा सुरु गरेको छ । तीन चिकित्सकले दैनिक बिरामी जाँच गर्ने गरेको श्रेष्ठले बताए । अस्पतालले ल्याब, जेनरल ओपिडी र कुष्ठरोगसम्बन्धी सेवा दिइरहेको छ । पन्ध्र शय्याको यो अस्पतालमा यसै वर्षदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्ने नगरपालिकाको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?