भुवन केसीको नियुक्तिविरूद्धको रिटमा सर्वाेच्चले दिएन अन्तरिम आदेश

लोकपथ
0
Shares

काठमाडौं । सर्वोच्च अदालतले चलचित्र विकास बोर्डका अध्यक्ष अभिनेता भुवन केसीको नियुक्तिविरूद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र प्रकाशसिहं राउतको इजलासले अन्तरिम आदेश नदिई पूर्ण सुनुवाइका लागि पेश गर्ने आदेश गरेको हो ।

बोर्डको अध्यक्ष हुनका लागि केसीको शैक्षिक योग्यता नपुग्ने भन्दै नरेश पौडेल लगायतले रिट दायर गरेका थिए । केसीलाई साउन ९ गतेको मन्त्रिपरिषदले चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?