डीएभी विद्यालयमा तीन दिने न्यूरो इनक्लुजन प्रशिक्षण एवम् कार्यशाला गोष्ठी शुरु

लोकपथ
39
Shares

काठमाडौं । डीएभी विद्यालयले शिक्षकहरुलाई लक्षित गर्दै तीन दिने न्यूरो इनक्लुजन प्रशिक्षण एवम् कार्यशाला गोष्ठी शुक्रवार शुरु गरेको छ । उक्त प्रशिक्षण लगातार तीन दिनसम्म सञ्चालन रहने छ ।

विश्वको जनसंख्याको २० प्रतिशत हिस्सा न्यूरो डाइभरजेन्ट रहेको र उनीहरुको शिक्षण फरक ढङ्गबाट हुनुपर्ने मान्यता न्यूरोडाइभरजेन्ट विद्वानहरुको रहेको छ । सोही अनुसार मुख्य प्रशिक्षक जोएल एस. गोडीले न्यूरो डाइभरजेन्ट विद्यार्थीहरुको पहिचान, उनीहरुलाई आवश्यक पर्ने शिक्षण विधि र प्रोत्साहन लगायतका विषय प्रस्तुत गरे ।

विश्वमा स्थापित शैक्षिक प्रणालीले बहुमत जनसंख्याको आवश्यकतालाई सम्बोधन गर्न सफल भए पनि न्यूरोइनक्लुजन धारणा विकसित राष्ट्रमा समेत नौलो रहेको फ्रान्सेली प्रशिक्षक क्याथेरिन गुईमार्डले बताइन् । उनले नेपालमा यस विषयप्रति चासो रहनु निकै खुशीको खबरसमेत रहेको उनको भनाइ छ ।

डीएभी विद्यालयकी प्राचार्य डाक्टर भुवनेश्वरी रावले विद्यालयमा हरेक विद्यार्थीहरु खुशीका साथ पढ्ने अवसर पाउनुपर्ने मत आफूले राख्दै आएको र न्यूरोइनक्लुजन अवधारणाले विद्यार्थीहरुको अन्र्तनिहित क्षमता प्रस्फुटन गराउन सहयोग पुग्नेमा विश्वस्त थिइन् । ‘हरेक विद्यार्थीले शिक्षकको मनमस्तिष्कमा रहेको अनुभुति गर्न सक्नुपर्छ’ डाक्टर रावले भनिन ।

एक कदम अगाडि बढ्दै उनले अभिभाबकहरुलाई समेत यस विषयमा प्रशिक्षण गर्न सके आफ्ना सन्तानको अभिभावकत्व कुशल ढङ्गबाट हुन सक्ने बिचार राखिन् ।

अध्ययनले बताए अनुसार न्यूरोडाइभरजेन्ट व्यक्तिहरुको दीमाग अत्यन्तै सक्रिय रहने गर्दछ र यसलाई उनीहरुको रुची अनुसार सहि दिशा निर्देशन गर्न सके उनीहरुले समाज, राष्ट्र र विश्वकै लागि अतुलनिय योगदान पु¥याउन सक्दछन् । तर यसलाई नबुझी सामान्य व्यक्ति अनुरुप शिक्षा दीक्षा दिए उनीहरु जीवनमा असफल रहने अध्ययनले देखाएको छ ।

प्रशिक्षणको दोस्रो दिन गोडीसँगै अष्ट्रेलियाली प्रशिक्षक वाटाली फीलिप्स—फाउन्डर न्यूरोगीफ्टेड र तेस्रो दिन सारा लुईस फाउन्डर वार्यड डीफ्रेन्टली, यूके र सूइडेनी ईलीजावेथ विकल्याण्डरको पशिक्षण रहनेछ ।

उक्त प्रशिक्षणमा अनिमा नायर, गीथा सोलराज र रुप आनन्द आरले समेत आफ्नो विचार राखेका थिए ।

यसैबिच डीएभी विद्यालयका अध्यक्ष अनील केडियाले सम्पूर्ण सहभागीहरुलाई तीन दिने प्रशिक्षणको शुभकामना दिदैँ यस अवधारणाले नेपालमा शैक्षिक जागरण ल्याउन सफल हुनेमा विश्वास व्यक्त गरे । अध्यक्षले आगामि शैक्षिक शत्र देखि न्यूरो डाइभरजेन्ट पाठ्यक्रम तयार पारी शिक्षण प्रव्रिmया अगाडि बढाउने जानकारीसमेत गराए ।

अध्ययनले देखाए अनुसार विश्वविख्यात वैज्ञानिक, उद्योगपति, कलाकारलगायत अन्य पेषामा संलग्नहरु न्यूरोडाइभरजेन्ट रहेको मुख्य प्रशिक्षक जोएलले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?