बूढानीलकण्ठ नगरपालिकामा तीन दिने आत्मरक्षा तालिम

लोकपथ
52
Shares

काठमाडौं । महिला हिंसा विरूद्धको १६ दिने अभियानका क्रममा बूढानीलकण्ठ नगरपालिकामा तीन दिने आत्मरक्षा तालिम सञ्चालन गरिएको छ ।

ग्लोबल एक्सन नेपालको आयोजना तथा नगरपालिका, नेपाल आत्मरक्षा सङ्घ र स्थानीय गणेश माध्यमिक विद्यालयको सहकार्यमा सञ्चालित तालिमको उद्घाटन गर्दै बागमती प्रदेशका नवनिर्वाचित सदस्य जयराम थापाले नेपाली समाजमा देखिएका महिला हिंसाका घटना न्यूनीकरण गर्न यस्ता कार्यक्रमले टेवा दिने बताए।

सङ्घका अध्यक्ष डिबी रानापालले बालिकालाई सुरक्षाका लागि यस्ता तालिम प्रभावकारी हुने भएकाले मुलुकभरका सबै विद्यालयमा तालिम सञ्चालन हुनुपर्ने बताए ।

आयोजक ग्लोबल एक्सन नेपालका अध्यक्ष बाबुकाजी श्रेष्ठले सहभागी बालिकाले आफ्ना विद्यालयमा गएर अन्य बालिकालाई जानेको व्यावहारिक र जीवनोपयोगी सीप सिकाउन आग्रह गरे । यही मङ्सिर १७ गते शुरू भई मङ्सिर १९ गते सम्पन्न हुने तालिममा सो नगरपालिकाका सामुदायिक विद्यालयका कक्षा ८ भन्दा माथिका ४५ जना बालिका सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?