चितवन । चितवनको कालिका नगरपालिका १ मा मृत अवस्थामा गैँडा फेला परेको छ ।
चतुरमुखी सामुदायिक वनभित्र सडेगलेको अवस्थामा खाग काटिएको गैडा मृत फेला परेको हो ।
गैँडालाई ६ महिना अगाडि चोरी शिकारीले मारेको हुनसक्ने आशंका डिभिजन वन कार्यालयले गरेको छ ।
डिभिजन वन कार्यालय चितवनले गैँडाको खप्पर र हड्डी मात्रै भेटिएको जनाएको छ ।
डिभिजन वन र चितवन राष्ट्रिय निकुञ्जको टोली पुगेर पोष्टमार्टम गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया