राष्ट्र बैंकद्वारा दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि (दोस्रो संशोधन, २०७९), २०७६ प्रस्तुत

लोकपथ
26
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधा सम्बन्धी कार्यविधि (दोस्रो संशोधन, २०७९), २०७६ प्रस्तुत गरेको छ ।

आईतवार राष्ट्र बैंकले सबै किसिमका बैंक तथा फाईनान्स कम्पनीहरुको नाममा परिपत्र जारी गर्दै उक्त कार्यविधी सार्वजनिक गरेको हो । राष्ट्र बैंकका अनुसार यो कार्यविधि गभर्नरबाट स्वीकृत भएको मितिदेखि मात्र लागु हुने छ ।

कार्यविधि अनुसार दैनिक तरलता सुविधा उपयोग गर्ने प्रक्रिया अन्तर्गत बैंकबाट सञ्चालित आर.टि.जि.एस. प्रणालीमा सहभागी संस्थाले मात्र दैनिक तरलता सुविधा उपयोग गर्न पाउने छन् ।

दैनिक तरलता सुविधा उपयोग गर्नका लागि सम्बन्धित संस्थाले कम्तीमा दुई जना आधिकारिक व्यक्तिको दस्तखत र संस्थाको छाप लागेको निवेदन विभागमा पेश गर्नुपर्ने कार्यविधीमा उल्लेख छ ।

दैनिक तरलता सुविधा उपयोग गर्नका लागि सम्बन्धित संस्थाले यस बैंकको मौद्रिक व्यवस्थापन विभागसँग दैनिक तरलता सुविधासम्बन्धी सम्झौता गर्नुपर्ने, दैनिक तरलता सुविधा रकम सीमालाई बैंकको धितो व्यवस्थापन खातामा जम्मा गर्ने प्रयोजनका लागि धितो व्यवस्थापन खाता खोल्न राष्ट्र बैंकको बैंकिङ विभागमा निवेदन दिनु पर्ने कार्यबिधिमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार सोही आधारमा बैंकिङ विभागले प्रचलित लेखा निर्देशिका तथा बैंकिङ कार्य निर्देशिका बमोजिम निवेदक संस्थाको नाममा खाता खोली खाता नम्बर प्रदान गर्नेछ ।

दैनिक तरलता सुविधावापत उपयोग गर्नसक्ने अधिकतम सुविधा सीमा र अवधिको लागि संस्थाले मौद्रिक व्यवस्थापन विभागसँग भएको सम्झौता र बैंकिङ विभागबाट खोलिएको खाताको विवरण तथा धितो राखिने सुरक्षणपत्रको सक्कलै प्रति (ब्याज भुक्तानी पुर्जा भएका सुरक्षणपत्रको हकमा सो समेत) राखेर मौद्रिक व्यवस्थापन विभागमा निवेदन दिनुपर्ने छ ।

सोही निवेदनको आधारमा पेश भएका सुरक्षणपत्र रोक्का राखी मौद्रिक व्यवस्थापन विभागले धितो व्यवस्थापन खातामा सुविधा रकमको सीमा र अवधि निर्धारण गरी प्रचलित बैंकिङ प्रणालीमा प्रविष्ट गर्ने राष्ट्र बैंकको भनाइ छ ।

कार्यविधि अनुसार दैनिक तरलता सुविधामार्फत संस्थाले उपयोग गरेको रकम तोकिएको समय सीमाभित्र फेरफारक हुन नसकेमा स्वीकृत सीमासम्मको रकम ओभरनाइट तरलता सुविधाका रूपमा गणना हुनेछ ।

यस्तो सुविधामा लाग्ने ब्याजको गणना प्रचलित बैंकदरमा गरिने राष्ट्र बैंकको भनाइ छ । सार्वजनिक बिदाका कारण सुविधाको समय एकदिन भन्दा बढी भएमा पनि सो अवधिको ब्याज गणनासमेत बैंकदरमा नै गरिनेछ ।

संस्थामा प्राप्त सुरक्षणपत्रको आधारमा धितो व्यवस्थापन खातामा रकम मौज्दात कायम भएपश्चात् दैनिक तरलता सुविधा उपयोग गर्न सकिनेछ र सो कारोबारको हिसाब फेरफारक सोही दिनको तोकिएको समयभित्र गरिने पनि कार्यबिधिमा उल्लेख छ ।

कार्यविधी अनुसार दैनिक तरलता सुविधामार्फत संस्थाले उपयोग गरेको रकम तोकिएको समय सीमाभित्र फेरफारक हुन नसकेमा स्वीकृत सीमासम्मको रकम ओभरनाइट तरलता सुविधाका रूपमा गणना हुनेछ । यस्तो सुविधामा लाग्ने ब्याजको गणना प्रचलित बैंकदरमा गरिने छ ।

सार्वजनिक बिदाका कारण सुविधाको समय एकदिन भन्दा बढी भएमा पनि सो अवधिको ब्याज गणना समेत बैंकदरमा नै गरिने कार्यविधिमा उल्लेख छ । धितो सुरक्षणको शर्त र सीमा सम्बन्धी व्यवस्था अन्तर्गत भने दैनिक तरलता सुविधा उपयोग गर्नका लागि नेपाल राष्ट्र बैंक खुला बजार कारोबार विनियमावली (प्रथम संशोधन, २०७९), २०७८ को विनियम २६ बमोजिमका सुरक्षणपत्र धितोमा राख्नु पर्नेछ र यस्ता सुरक्षणपत्रहरूको परिपक्व हुने अवधि रोक्का अवधिभन्दा पछाडि हुनुपर्नेछ ।

धितो राखिएका सुरक्षणपत्रको परिपक्व अवधिसम्बन्धीे जानकारी गराउने दायित्व संस्था स्वयंको हुने कार्यविधिमा उल्लेख छ । राष्ट्र बैंकका अनुसार धितो राखिएको सुरक्षणपत्रको अधिकतम ९० प्रतिशतसम्म यस कार्यविधि बमोजिमका सुविधा उपलब्ध गराइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?