भारतले महाकालीको धार परिवर्तन हुने गरी तटबन्ध बनाउँदा स्थानीयद्वारा विरोध

लोकपथ
63
Shares

दार्चुला । महाकाली नदीको धार परिवर्तन हुने गरी भारतले तटबन्ध बनाउन शुरु गरे स्थानीयले विरोध जनाएका छन् । ।

नदीको धार परिवर्तन हुने गरी भारतले तटबन्ध बनाउन थालेपछि बांगाबगरका स्थानीय बासिन्दाले नेपाल-भारत जोड्ने झोलुङ्गे पुल बन्द गरेका छन् । बांगाबगरका स्थानीय महिला र पुरूषको समूह आएर आइतबार दिउँसो ४ बजेबाट पुलमा ताल्चा लगाएका हुन् ।

तटबन्ध निर्माण गरिरहेका भारतीय पक्षलाई स्थानीयले ढुंगामुढासमेत गरेका थिए भने ढुंगामुढा गर्दा पनि निर्माण नरोकिएपछि पुलमा ताल्चा लगाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?