गाँजा र ट्रकसहित एक जना पक्राउ

लोकपथ
91
Shares

काठमाडौं । लागुऔषध गाँजा र ट्रकसहित १ जना मनिस पक्राउ परेका छन्। शनिवार अपराहन्न तीन बजे रौतहटको गौर नगरपालिका वडा नम्बर ३ स्थित फलक पोल्ट्री (कुखुरा) फार्ममा लागुऔषध गाँजा खाल्डो खनी राखि रहेको छ भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले एक युवालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुर आग्रा ३ बस्ने २१ वर्षीय सुरेन्द्र स्याङतान रहेका छन् । प्रहरीले पाएको सूचनाका आधारमा पोल्ट्री फार्ममा चेक जाँच गर्ने क्रममा गाँजा फेला परेपछि उनलाई पक्राउ गरिएको थियो ।

पक्राउ परेका स्याङतानको साथबाट प्रहरीले १२ वटा पोकामा १ सय ८० किलो गाँजा र पोल्टी फार्म नजिकै बागमती प्रदेश ०१–००६–ख २८३० नम्बरको आईचर कम्पनीको मिनि ट्रक बरामद गरेको छ ।

स्याङतान ट्रक चालक रहेको प्रहरीको भनाइ छ । पक्राउ पछि सोधपुछ गर्ने क्रममा स्याङतानले उक्त लागु औषध गाँजा मकवानपुर जिल्लाबाट लुकाई छिपाई गरि ट्रकमा ल्याएको खुल्न आएकोले गाँजा र ट्रक बरामद गरी ट्रक थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचाना अधिकारी प्रहरी नायव उपरीक्षक उमाशंकर प्रसाद यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?