मायाका हत्या आरोपी कोली पक्राउ

लोकपथ
196
Shares

बैतडी । बैतडीको पन्चेश्वर गाउँपालिका -४ की माया लुहारका हत्या आरोपमा सशस्त्र प्रहरी जवान भरतराम कोली पक्राउ परेका छन् ।

शिवनाथ गाउँपालिका–४ का भरतराम कोलीलाई कन्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

कोलीलाई प्रहरीले महेन्द्रनगर बसपार्कमा हिँडिरहेको अवस्थामा आइतबार बिहान पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?