चितवनकाे उत्कृष्ट प्रहरी बने सन्तोष खड्का

लोकपथ
3.8k
Shares

चितवन । ईलाका प्रहरी कार्यलय माडि, चितवनमा कार्यरत प्रहरी निरीक्षक सन्तोष कुमार खड्का कार्तिक महिनाको उत्कृष्ट प्रहरी (Best Police of the Month)बाट घोषित भएका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले उक्त अवार्डबाट मंंसिर १५ गते सम्मान गरेको हो ।

खड्काले २०७९/ ०७/ ११ गते रातीको समयमा चितवन माडी नगरपालिका ४ शितलपुर घोसरी स्थित भएको खुनडाँका गरी भएको हत्यामा संंग्लग्न फरार प्रतिवादीलाई उक्त घटनको क्रममा लुटपाट गरी लगेको सुन फेला परेको हुँदा बरामद गरी प्रकाउ गरी कानुन बमोजिम कारवाही गर्न सफल भएका थिए ।

साथै सुम्पिएको जिम्मेवारी पुरा गर्न कर्तव्य पालनामा अहोरात्र खटिई लगनशील, ईमान्दार र अनुशासित तवरले कुशलतापुर्वक प्रशंसनीय एवं उत्कृष्ट ढंगबाट कार्य सम्पादन गर्दै विभिन्न अपराधिक घटनाहरुको गहन रुपमा अनुसन्धान गरेकोले उनलाई यो सम्मान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?