आइएमई पे को डिशहोम नकआउट तीन सय अफर सार्वजनिक

लोकपथ
65
Shares

काठमाडौं । आइएमई पेले डिशहोम नकआउट तीन सय अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकहरुले डिशहोमको वल्र्ड कप प्याकेज मात्र तीन सय रुपैयाँमा आइएमई पे एपबाट खरिद गर्न सक्ने छन् ।

ग्राहकहरुले सो प्याकेजको भुक्तानी गर्दा एउटा प्रोमो कोड नक आउट प्रयोग गर्नु पर्ने हुन्छ । जस मार्फत ग्राहकहरुले वल्र्ड कप प्याकेजको पूर्ण मुल्य पाँच सय ६५ रुपैयाँ तिर्दा दुई सय ६५ रुपैयाँ क्यासब्याक स्वरुप फिर्ता प्राप्त गर्न सक्ने छन् ।

यो अफर सिमित अवधिको लागि मात्र लागु हुने र यस अफर मार्फत पहिलो तीन सय ग्राहकहरुले मात्र सो प्याकेज क्यासब्याकमा खरिद गर्न सक्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?