छोरा प्रकाशलाई सम्झदै भक्कानिए प्रचण्ड, ओलीले यसो भने

काठमाडौं । छोरा प्रकाश दाहालको निधनको पहिलो वार्षिक स्मृतिसभामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ भक्कानिएका छन् । 

सोमबार बिहान ललितपुरको खुमलटारस्थित निवासमा आयोजना गरिएको स्मृति सभामा कार्यक्रममा बोल्दै प्रचण्डले छोरा प्रकाश दाहालको निधनको बेला पार्टी सम्हाल्ने कि घर सम्हाल्ने भन्ने स्थिति आएको थियो । यद्यपी यस समयमा सबैको सहयोगका कारण दुवै सम्हाल्न सकेको स्मरण गरे । 

साथै उनले देश, जनता, नेता, कार्यकर्ताले साथ नदिएको भए आफ्नो परिवार बिघटन हुनसक्थ्यो बताएका थिए । यती भनिरहँदा अध्यक्ष प्रचण्डको गला अवरुद्ध भयो र उनले आँसु थाम्न सकेनन् ।
छोरा प्रकाश राजनीतिकमा परिपक्व हुँदै गएको बेला असामयीक निधनका कारण ठूलो क्षति पुगेको प्रचण्डले बताए ।

कार्यक्रम प्रचण्ड पत्नी सीता दाहाल भावविह्वल देखिन्थिन् । 

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख कृष्णबहादुर महरा, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, राजपा संयोजक महन्थ ठाकुर, राप्रपा अध्यक्ष कमल थापा लगायतका नेताहरुको उपस्थिति थियो । 

कार्यक्रममा प्रचण्डले दिवंगत छोरा प्रकाश र छोरी ज्ञानुको नामबाट खोलिएको ‘प्रज्ञा स्मृति प्रतिष्ठान’ घोषणा गरेका थिए । 

कार्यक्रममा प्रकाश दाहालको स्मृतिमा निर्माण गरिएको स्मृति ग्रन्थ पनि सार्वजनिक गरिएको थियो ।

गत मंसिर ३ गते आजकै दिन प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको थियो । 

त्यसको एक वर्षअघि प्रचण्डकी छोरी ज्ञानुको पनि क्यान्सरका कारण निधन भएको थियो ।

साथै  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पुत्र प्रकाशको निधनको पहिलो वार्षिक तिथिमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पुत्र वियोगमा पनि अध्यक्ष प्रचण्डले धैर्यता देखाएको बताएका छन् । 

सोमबार बिहान आयोजित श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । 

चुनावको समयमा पनि प्रचण्डले असाधारण धैर्यता देखाएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने,‘प्रचण्डपुत्र प्रकाशको निधन भएको बेला हामी दुवै झापामा थियौं । प्रचण्डलाई फोन आयो र दुःखद खबर सुनियो । मैले पत्याउँदै सकिन । तर, पछि पत्याउँनै पर्यो । त्यस समयमा पनि प्रचण्डले पुत्र शोकमा पनि असाधारण धैर्यता देखाउनुभयो ।’

यो पनि पढ्नुहोस् :-

प्रचण्डपुत्र प्रकाशको निधनको पहिलो वार्षिक तिथि, के भने प्रधानमन्त्री ओलीले ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?