काठमाडौं वेयर हाउसद्वारा नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन र नेपाल कुरियर सेवा संघबीच सम्झौंता

लोकपथ
26
Shares

काठमाडौं । काठमाडौं वेयर हाउस एण्ड डिस्ट्रिब्युशन सेण्टरले नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन र नेपाल कुरियर सेवा संघसँग सम्झौता गरेको छ । ती संस्थाका सदस्यहरुलाई वेयर हाउजिङ, वितरण तथा व्यवसायिक सहायक सेवाहरु प्रवाह गर्नका लागि समझदारी गरेको संघले जनाएको छ ।

नेपालको वेयर हाउजिङमा नयाँ युग ल्याउने अपेक्षा गरिएको यो समझदारीसँगै ती संस्थाका सदस्य कम्पनीहरुले तोकिएको न्यून दरमा गोदाम, वितरण तथा अन्य सेवाहरु उपयोग गर्न सक्नेछन् । शुक्रवार हस्ताक्षर गरिएको सो सम्झौतापत्रका अनुसार केडब्ल्युडीसीले संकलन गरेको शुल्कको केही हिस्सा साझेदार संस्थाहरुलाई फिर्ता गरिनेछ जसबाट उनीहरुले विभिन्न विकासका कार्यहरु गर्न सक्नेछन् । यसले दुवै पक्षलाई लाभ मिल्ने अपेक्षा गरिएको छ ।

काठमाडौं नेपालको व्यापारिक केन्द्र हो जहाँ ठूलो मात्रामा व्यापार तथा वितरण गतिविधिहरू हुन्छन् । यद्यपि यहाँ व्यावसायिक तथा व्यवस्थित गोदाम एवम् मालवाहक ट्रक र ट्रेलरहरूको लागि सजिलो पहुँच भएको वितरण केन्द्रको ठूलो अभाव छ ।

यसका साथै, त्यस्ता सवारी साधनलाई दिनको समयमा शहरमा “नो एन्ट्री” को समस्या छ भने र रातमा ट्रक र ट्रेलरहरू शहर प्रवेश गर्न त पाउँछन् तर सामान लोड तथा अनलोड गर्नका लागि श्रमिक तथा फोर्क लिफ्ट क्रेन पाउन समस्या पर्ने गरेको छ । यी गाडीहरूको लागि कतै पनि “पार्किङ जोन” छुट्याइएको छैन ।

यस्ता समस्याहरुका कारण ट्रकहरूले सहर प्रवेश गर्दा ट्राफिकबाट सास्ती खेप्नुपरेको छ भने र काठमाडौं प्रवेश गर्न र बाहिर निस्कनमै एक दिन खेर गइरहेको छ ।

यी यावत कुरालाई ध्यानमा राख्दै समस्याको समाधान खोज्ने उद्देश्यले काठमाडौं वेयर हाउस एण्ड डिस्ट्रिब्युसन सेण्टर प्रालिको अवधारणा विकास गरी यसलाई अस्तित्वमा ल्याइएको हो ।

यो कम्पनी थानकोट चेकपोस्टनजिकै नेपाल आयल निगम डिपो जाने सडकमा अवस्थित छ । हाल १२ रोपनी जग्गामा फैलिएको यो सेण्टरले प्रशिक्षित कर्मचारीहरूबाटश्रम सेवा, फोर्कलिफ्ट र क्रेन सुविधा, प्यालेटाइजेशन सेवा, हप्ताको सातै दिन चौविसै घण्टा सुरक्षा, रिसिभिङ, अनलोडिङ, लोडिङ,भण्डारण, प्रेषण, गोदाम–देखि–गेटसम्म ढुवानी सेवा प्रदान गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?