१५ माघ २०७९, आईतवार

काठमाडौंमा हस्तकला व्यापार मेला हुने

२०७९,मङ्सिर,१७,शनिवार ११:५२

108
Shares

काठमाडौं । काठमाडौं नेपाल हस्तकला महासङ्घले यही मङ्सिर २३ देखि २७ गतेसम्म १९ औँ हस्तकला व्यापार मेला काठमाडौंमा गर्ने भएको छ । हस्तकला क्षेत्रको विकास तथा व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले मेला गर्न लागिएको हो ।

काठमाडौं उपत्यकालगायत विभिन्न १७ जिल्लाबाट व्यवसायी तथा कालीगढको मेलामा सहभागिता हुने जनाइएको छ । धातुकला, मूर्तिकला, वास्तुकला, काष्ठकलाबाट निर्मित विभिन्न वस्तुको प्रदर्शनीका साथै हस्तकलासम्बन्धी प्रतियोगितासमेत गराइने मेलामा उत्कृष्ट प्रतियोगी छनोट तथा पुरस्कृत गरिने संयोजक डिल्लीरत्न तुलाधरले जानकारी दिए ।

प्रविधिको विकाससँगै नेपाली मौलिक तथा परम्परागत कला लोपोन्मुख बन्दै गएको अहिलेको अवस्थामा ती कला, संस्कृतिको संरक्षण गर्न देशभर दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने उनले बताए ।

हस्तकलाकाका विभिन्न वस्तु तथा गरगहनालगायत सामग्रीको माग विदेशमा बढेकाले परराष्ट्र मन्त्रालयमार्फत विदेशी दूतावास तथा नियोगमा पत्राचार गरी कूटनीतिज्ञलाई मेलामा सहभागी हुन आमन्त्रण गरिने आयोजकले जनाएको छ ।

काठमाडौंका विभिन्न ठाउँबाट प्रदर्शनीस्थल बौद्धस्थित ह्यात होटलसम्म निःशुल्क साझा बस सञ्चालनका लागि गृहकार्य भइरहेको जनाइएको छ । मेलामा करिब एक सय ५० बिक्री कक्ष रहने जनाइएको छ ।

प्रकाशित मिति: २०७९,मङ्सिर,१७,शनिवार ११:५२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं ।  मुलुकमा तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी मध्ये कसले राष्ट्रपति पाउने भन्ने टुंग्गो नहुँदा

तनहुँ । गाउँघरमा गाईभैँसी पाल्नेका लागि काठको ठेकी र मदानी अनिवार्य जस्तै मानिन्छ । वैदेशिक रोजगारीसँगै बजार क्षेत्रमा बसाइँ सर्ने

काठमाडौं । पछिल्लो समय नेपालमा पनि मानसिक समस्या बढ्दै गएको अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार स्वास्थ्य भनेको

काठमाडौं । पूर्व अर्थसचिव रामेश्वर खनालले दोस्रो विवाह गरेका छन् । माघ १२ गते श्रीपञ्चमीका दिन उनले सरिता शर्मा पोखरेलसँग

ताजा समाचार

‘के लत बस्यो’लाई ३१ लाख बढी ‘भ्यूज’
 २०७९,माघ,१५,आईतवार ०७:५२
सुन्तला बिक्रीबाट रु ४५ लाख आम्दानी
 २०७९,माघ,१५,आईतवार ०७:३२
यस्तो छ आजको विनिमयदर
 २०७९,माघ,१५,आईतवार ०७:२५