१५ माघ २०७९, आईतवार

‘नेपाल होटल अवार्ड’ आयोजना हुने

२०७९,मङ्सिर,१७,शनिवार १०:५९

54
Shares

काठमाडौं । सेवा क्षेत्रको प्रोत्साहन एवं गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले ‘नेपाल होटल अवार्ड–२०२२’ आयोजना गरिने भएको छ । एक पत्रकार सम्मेलनमा रेण्डर बुकिङ डटकमले आगामी पुस ४ गते अवार्ड समारोह आयोजना गरिने जानकारी दिएको छ ।

कोभिड–१९ महामारीबाट बढी प्रभावित बनेको पर्यटन क्षेत्रको मनोबल उकास्न र यस क्षेत्रको प्रवद्र्धनका लागि अवार्ड समारोह आयोजना गर्न लागिएको आयोजक रेण्डर डटकमका प्रमुख कार्यकारी अधिकृत नवराज धितालले जानकारी दिए । उनले समारोहले नेपालको सेवा क्षेत्रको प्रोत्साहन, गुणस्तर अभिवृद्धि तथा सेवा प्रवद्र्धनका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेपालमै पहिलो पटक खुल्ला नोमिनेसन तथा गोप्य र आधुनिक मूल्याङ्कन प्रक्रियाबाट १५ भन्दा बढी विधा रहने गरी अवार्ड समारोह आयोजना गर्न लागिएको छ । चलचित्र कलाकार राजेश हमालको प्रमुख आतिथ्यतामा हुने उक्त समारोहमा देशभरबाट विभिन्न स्तरका एक सयभन्दा बढी होटलले प्रतिस्पर्धा गर्नेछन् । प्रिमियम, डिलक्स र सुपर डिलक्स होटलले नोमिनेसनमा सहभागी हुन सक्नेछन् ।

No description available.

कुनै पनि नेपाली संस्थाले नेपाली होटल तथा रिसोर्टहरूलाई खुला नोमिनेसन र उच्च मूल्याङ्कन प्रविधिद्वारा गर्न लागेको यो नै पहिलो पटक भएको आयोजकको दावी छ । उक्त अवार्डको निष्पक्षतालाई ध्यानमा राखी निर्णायक मण्डल तथा मूल्याङ्कन समितिको नाम पनि गोग्य राखिएको छ ।

पत्रकार सम्मेलनमा अतिथिका रूपमा सहभागी कलाकार हमालले सेवा क्षेत्र नेपालको अर्थतन्त्रको महत्त्वपूर्ण आधार रहेको भन्दै चलायमान बन्दै गरेको मुलुकको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि अवार्डले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले होटलको सेवा गुणस्तर अभिवृद्धि र सेवा प्रवद्र्धनका लागि पनि सान्दर्भिक हुने उल्लेख गरे। “‘हस्पिटालिटी’ बिजनेस विस्तारै जुर्मुराउँदैछ, यस किसिमको अवार्डले व्यवसायी र सेवाग्राहीलाई पनि सहयोग पुग्छ, कुन होटलको कस्तो सेवा छ भनेर छनोटका लागि पनि सहज हुन्छ ।”

प्रकाशित मिति: २०७९,मङ्सिर,१७,शनिवार १०:५९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धनकुटा । धनकुटा महोत्सवमा भएको भाग दौडमा परेर च्यापिएका मध्ये गम्भीर दुई बालकको विराटनगरको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।

महोत्तरी । ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने मुख्य नाराका साथ आज ७०औँ विश्व कुष्ठरोग दिवस कार्यक्रम विविध कार्यक्रम

एकाएक चर्चा कमाएको गजल ‘के लत बस्यो’ले सार्वजनिक भएको १७ दिनमै युट्युबमा ३१ लाख बढी भ्यूज पाएको छ । गायक

स्याङ्जाका एक किसानले सुन्तला बिक्रीबाट रु ४५ लाख आम्दानी गरेका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–१० राङखोलाका किसान मुक्ति अधिकारीले उक्त

ताजा समाचार

‘के लत बस्यो’लाई ३१ लाख बढी ‘भ्यूज’
 २०७९,माघ,१५,आईतवार ०७:५२
सुन्तला बिक्रीबाट रु ४५ लाख आम्दानी
 २०७९,माघ,१५,आईतवार ०७:३२
यस्तो छ आजको विनिमयदर
 २०७९,माघ,१५,आईतवार ०७:२५