२३ माघ २०७९, सोमवार

चिसो काठमाडौंमा विश्वकपको सरगर्मी (फोटोफिचर)

२०७९,मङ्सिर,१७,शनिवार १०:५०

117
Shares

सन् २०२२ को नोभेम्बर २१ तारिखबाट शुरु भएको फिफा विश्वकप फुटबल प्रतियोगिता डिसेम्बर १८ सम्म कतारमा भइरहेको छ । प्रतियोगिताअन्तर्गत प्रारम्भिक चरणमा ८ समूहमा विभाजित रहेर ३२ राष्ट्र प्रतिष्पर्धा गरेका थिए ।

जसमा हालसम्म प्रि क्वाटर फाइनलमा पुग्ने १६ राष्ट्रको टुंगो लागिसकेको छ भने बाँकी १६ राष्ट्र प्रतियोगिताबाट बाहिरिसकेका छन् । साथै आजबाट प्रि क्वाटर फाइनलका खेलहरु शुरु हुँदैछन् । विश्वकप फुटबल मध्यपूर्वमा र यस
समयमा हुन लागेको यो पहिलो पटक हो । यससँगै कतार विश्वकप फुटबल आयोजना गर्ने पहिलो अरब देश बनेको छ । सन् २०२२ को विश्वकप फुटबल सञ्चालनका लागि सन् २०१० मा मतदानमा कतारले बाजी मारेको थियो । उसले अमेरिका, दक्षिण
कोरिया, जापान र अस्ट्रेलियालाई पछाडि पारेर यो अवसर आफ्नो पोल्टामा पारेको थियो ।

यतिबेला कतारमा भइरहेको फिफा विश्वकप हेर्नेहरुको भीड विश्वभर नै छ । नेपालमा पनि फिफा विश्वकप हेर्नका लागि होटल, रेष्टुराँहरु राति प्रायः बुक हुने गरेका छन् । यतिसम्मकी होटल, रेष्टुराँ मात्रै होइन, सडकमै प्रोजेक्टर राखेर विश्वकप हेर्ने जमात पनि कम छैन । यस पटकको विश्वकप विगतको भन्दा धेरै नै रोचक बनिरहेको पनि छ । किनभने फुटबलका महारथी मानिने देशहरु कमजोर मानिएका देशहरुसँग पराजित भइरहेका छन् ।

जसकारण नकआउट चरणमा पुगेका देशहरुको समीकरण पनि हेर्न लायक बनिरहेको छ । आफ्नो मन परेको टिमलाई साथ, सहयोग गर्न रातभर जागा बसेर भएपनि समर्थकहरु विश्वकपका हरेक खेलहरु हेर्न छुटाउँदैनन् । घरमा ल्यापटप, कम्प्युटर, मोबाइलमा हेर्नुभन्दा कतै नजिकको होटलमा गएर प्रोजेक्टरमा खेल हेर्नुको मज्जा नै बेग्लै हुन्छ ।

त्यसैले पनि होला आजभोलि काठमाडौं उपत्यकाका विभिन्न होटलहरु राति पर्यटकहरुले होइन, विश्वकप हेर्नेहरुले भरिभराउ देखिन्छन् । होटलमै पार्टी, होटलमा नै रमाइलो साथमा विश्वकपको मज्जा लिन युवाहरु चुक्दैनन् । होटलहरुले
पनि विश्वकपका लागि छुट्टै प्याकेज निकालेका छन् । यतिबेला होटलमा मात्रै विश्वकप सिमित भने छैन । जाडोमा घरको आँगनमा नै प्रोजेक्टर राखेर हेर्नेहरुको जमात पनि बाक्लै छ । फिफा विश्वकप २०२२ को यो अवसरमा विश्वकप हेर्नेहरुको गतिविधिहरुका बारेमा कैद गरेका यी तस्बिर आजको फोटो फिचरमा ।

प्रकाशित मिति: २०७९,मङ्सिर,१७,शनिवार १०:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पशुपति आर्यघाटमा अन्त्येष्टिका लागि लगिएको १७ महिनाको शिशुको शव प्रहरीले नियन्त्रणमा लिएको छ । शरीरमा निलडाम भएको र

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतीय प्रशिक्षक मोन्टी देशाई नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले

काठमाडौं । जिल्ला अदालत काठमाडौंले मानव बेचबिखनको मुद्दामा मनोज पाण्डेलाई ७ वर्ष कैद सजाय सुनाएको छ। सोमबार मोडल ग्लोबल भिजाज

काठमाडौं । मन्त्रिपरिषद् बैठक बसेको छ । केहीबेरअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक शुरु भएको हो । बैठकमा

ताजा समाचार

विदेशी मुद्राको सञ्चिती बढ्यो
 २०७९,माघ,२३,सोमवार १७:२८