२३ माघ २०७९, सोमवार

एकल महिला हत्या प्रकरणमा संलग्नलाई कारबाही गर्न माग

२०७९,मङ्सिर,१७,शनिवार ०७:३४

0
Shares

मानवअधिकारका लागि एकल महिला समूह कर्णाली प्रदेशले एकल महिला उषा राई हत्या प्रकरणमा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।एकल महिला समूहले धनकुटा शहीदभूमि घर भई धरान नगरपालिका–११ मा बस्दै आएकी उषा राई हत्यामा संलग्नलाई कानुनबमोजिम कारबाहीका लागि शुक्रबार जिल्ला प्रशासन कार्यालयमा मागपत्र बुझाएको छ । सिलाइकटाइबाट जीविकोपार्जन गर्दै आएकी राई जागरण आमा समूहको निर्घात कुटपिटबाट मृत्यु भएकाले उक्त घटनाका दोषीलाई कारबाही गर्न माग गरिएको समूहका अध्यक्ष ममता नगालले बताइन् ।

“राईमाथि दानवीय प्रवृत्ति देखाइएर गरिएको कुकृत्यप्रति भत्र्सना व्यक्त गर्दछौँ”, अध्यक्ष नगालले भनिन्, “यो घटनाबाट मानिसको स्वतन्त्रपूर्वक बाँच्न पाउने अधिकार पूर्णतः हनन भएको छ ।” विशेष गरी समाजमा अपहेलित भएर बस्नुपरेका एकल महिलाको जीउ ज्यानको सुरक्षा र सम्मान जीवनको सुनिश्चितता राज्यले गर्नुपर्नेमा उनले जोड दिइन् ।

यही मङ्सिर ३ गते राईमाथि कुटपिट हुँदा उपचारको क्रममा १४ गते मृत्यु भएको थियो । उक्त घटनाका दोषीलाई कारबाही गर्न र पीडित परिवारलाई न्याय दिलाउने पक्षमा उभिन मानवअधिकारकर्मी, पत्रकार, सञ्चारकर्मी तथा सम्पूर्ण न्यायका पक्षधरलाई समूहले अपिल गरेको छ । रासस

प्रकाशित मिति: २०७९,मङ्सिर,१७,शनिवार ०७:३४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । काठमाडौंको डल्लुमा ट्यांकरको ठक्करले एक बालिकाको निधन भएको छ । आज बिहान डल्लुको चामुण्डा स्कुल नजिकै साइकल चलाइरहेको

काठमाडौं । अफगानिस्तानको काउन्टर कोर्कोटिक्स प्रहरीले गत हप्ता पश्चिमी हेरात प्रान्तका विभिन्न स्थानबाट चार हजार ५०० लागुऔषध दुर्व्यसनीहरूलाई पक्राउ गरेको

काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले नयाँ योजनाको थालनी भन्दा निर्माणाधिन आयोजनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । नेपाल निर्माण

काठमाडौं । नेकपा माओवादी केन्द्र मधेश प्रदेश सरकारमा सहभागी हुने भएको छ । उद्योग, वन तथा पर्यटन मन्त्रालय आफूले पाउने

ताजा समाचार

विदेशी मुद्राको सञ्चिती बढ्यो
 २०७९,माघ,२३,सोमवार १७:२८