१५ माघ २०७९, आईतवार

पेट्रोलियम पदार्थको मूल्य घटेन

२०७९,मङ्सिर,१६,शुक्रवार २२:३२

81
Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाउने भएको छ । निगमले शुक्रवार राति एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको आपूर्ति सुचारु राख्न र ईण्डियन आयल कर्पोरेशन लिमिटेडको बक्यौता एवम् सरकारद्वारा उपलब्ध गराईएको ऋणको व्यवस्थापन गर्न अझै चुनौतिपूर्ण अवस्था रहेकोले मूल्य घटेर आएपनि हाललाई बिक्री मूल्य यथावत् राखिएको उल्लेख गरेको छ।

भारतीय आयल निगमले बिहीबार नेपाल आयल निगमलाई पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य केही घटाएर सूची पठाएको थियो । तर, एलपी ग्यासमा भने केही बढेर सूची प्राप्त भएको निगमले जनाएको छ । नयाँ मूल्यसूचीअनुसार पछिल्लो १५ दिनमा निगम केही नाफामा रहने अवस्था आएको विज्ञप्तिमा उल्लेख छ ।

नयाँ मूल्यअनुसार हाल एलपी ग्यासमा २७७.०२ रुपैयाँ प्रतिसिलिण्डर घाटा रहेको छ । तर पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा हुने केही नाफा समेतलाई गणना गर्दा समग्रमा निगमलाई आगामी १५ दिनमा करीब ५८ करोड नाफा हुने प्रक्षेपण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

No description available.

प्रकाशित मिति: २०७९,मङ्सिर,१६,शुक्रवार २२:३२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं ।  मुलुकमा तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी मध्ये कसले राष्ट्रपति पाउने भन्ने टुंग्गो नहुँदा

तनहुँ । गाउँघरमा गाईभैँसी पाल्नेका लागि काठको ठेकी र मदानी अनिवार्य जस्तै मानिन्छ । वैदेशिक रोजगारीसँगै बजार क्षेत्रमा बसाइँ सर्ने

काठमाडौं । पछिल्लो समय नेपालमा पनि मानसिक समस्या बढ्दै गएको अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार स्वास्थ्य भनेको

काठमाडौं । पूर्व अर्थसचिव रामेश्वर खनालले दोस्रो विवाह गरेका छन् । माघ १२ गते श्रीपञ्चमीका दिन उनले सरिता शर्मा पोखरेलसँग

ताजा समाचार