कैलालीमा जिल्ला प्रशासनले भोलि बिहान पुनः लागू हुनेगरी हटायो निषेधाज्ञा

लोकपथ
260
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय कैलालीले जारी निषेधाज्ञा हटाएको छ । बिहीबार बिहान धनगढी–५ स्थित पिपलचौतारा नजिकै ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिँदा १५ वर्षीया चेतना साउँदको मृत्यु भएको थियो ।

सोही घटनालाई लिएर विद्यार्थी र स्थानीयले न्यायको माग गर्दै प्रदर्शन गरेपछि स्थानीय प्रशासनले धनगढीमा निषेधाज्ञा जारी गरेको थियो । मृतक चेतनालाई न्याय दिनुपर्ने माग राख्दै निषेधाज्ञालाई बेवास्ता गरेर आन्दोलनमा उत्रिएका उनीहरुले दोषीलाई कारबाहीको दायरमा ल्याउनुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका थिए ।

मृत्यु पश्चात् शान्ति सुरक्षालाई सामान्य तुल्याउन जारी भएको आदेश शनिबार बिहान ४ बजेदेखि पुनः लागूहुने गरी हटाइएको प्रमुख जिल्ला अधिकारी किरण थापाद्वारा जारी आदेशमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?