धनगढी तनावग्रस्त : निषेधाज्ञा तोड्दै प्रदर्शन, विद्यार्थीमाथि अश्रुग्यास प्रहार

लोकपथ
182
Shares

धनगढी । कैलालीको धनगढीमा ग्रेडरको ठक्करबाट १५ वर्षीया बालिका चेतना साउदको मृत्यु भएको घटनालाई लिएर आन्दोलन चर्किएको छ । किशोरीको मृत्युको विषयलाई लिएर शुक्रबार पनि धनगढी तनावग्रस्त बनेको हो । जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको निषेधाज्ञा तोड्दै विद्यार्थी र स्थानीयले प्रदर्शन गरेका छन् ।

उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं विद्यार्थीहरूलाई नियन्त्रणमा लिएको छ भने दर्जनौं सेल आश्रुग्यास प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले निषेधाज्ञा उल्लंघन गरी प्रदर्शन भएकोले स्थितिलाई नियन्त्रणमा ल्याउन अश्रु ग्यास प्रहार गरी भिडलाई तितरवितर पारिएको बताए ।

सो क्रममा ९ जना विद्यार्थीलाई नियन्त्रणमा लिएको समेत उनले बताए । यसैबीच न्यायको लागि भएको आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दै दमन गरेको आरोप विद्यार्थीहरूले लगाएका छन् । विद्यार्थीहरूले धनगढी–स्याउले सडक अवरुद्ध गर्नुका साथै जिल्ला प्रहरी कार्यालय अगाडि सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । सो अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?