किशोरी मृत्यु प्रकरण : निषेधाज्ञा तोड्दै विद्यार्थी र स्थानीयको प्रदर्शन

लोकपथ
91
Shares

धनगढी । एक किशोरीको मृत्युको विषयलाई लिएर शुक्रबार पनि धनगढी तनावग्रस्त बनेको छ । बिहीबार बिहान धनगढी–५ स्थित पिपलचौतारा नजिकै ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिँदा १५ वर्षीया चेतना साउँदको मृत्यु भएको थियो ।

स्थानीय प्रशासनले धनगढीमा निषेधाज्ञा जारी गरे पनि न्यायको माग गर्दै बिहानैदेखि स्थानीय र विद्यार्थीले प्रदर्शन गरेका छन् । साइकलमा विद्यालय गइरहेकी उनको घटनास्थलमै मृत्यु भएपछि बिहीबारदेखि नै विद्यार्थी र स्थानीय प्रदर्शनमा उत्रिएका थिए ।

मृतक चेतनालाई न्याय दिनुपर्ने माग राख्दै निषेधाज्ञालाई बेवास्ता गरेर आन्दोलनमा उत्रिएका उनीहरुले दोषीलाई कारबाहीको दायरमा ल्याउनुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?