काभ्रेपलाञ्चोक । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोकमा ३२ हजार ४ सय ५५ मत बदर भएको छ । प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ ३ दशमलव ७ प्रतिशत मत बदर भएको हो । जिल्लामा १ लाख ८७ हजार ३ सय ३० जनाले मतदान गरेका थिए । जिल्लामा ३ लाख १० हजार ६३ मतदाता रहेका थिए ।
जिल्ला निर्वाचन अधिकारी उमेशकुमार राईका अनुसार ८६ हजार ४ सय ६२ महिला तथा १ लाख ८ हजार ६८ पुरुष मतदाता मतदानमा सहभागी भएका थिए । क्षेत्र नं १ मा कुल खसेको मतमा प्रत्यक्षतर्फ ४ हजार ४ सय २६ तथा समानुपातिकतर्फ ३ हजार ७ सय २२ मत बदर भएको छ ।
क्षेत्र नं १ प्रदेशसभा (१) मा प्रत्यक्षतर्फ १ हजार ५ सय ८४, प्रदेशसभा (२) मा प्रत्यक्षतर्फ १ हजार ४ सय ६३ तथा प्रदेशसभा (१) र (२) मा समानुपातिकतर्फ ४ हजार ८ सय ७२ मत बदर भएका थिए । क्षेत्र नं २ मा प्रत्यक्षतर्फ ३ हजार ८ सय ३७, समानुपातिकतर्फ ३ हजार ९ सय १३ तथा क्षेत्र नं २ (१) मा प्रत्यक्षतर्फ १ हजार ४ सय ५१, क्षेत्र नं २ (२) मा १ हजार ७ सय ५१ तथा समानुपातिकतर्फ ५ हजार ४ सय २६ मत बदर भएका थिए ।
यसैबीच प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फको मतपरिणामअनुसार काभ्रेपलाञ्चोकका ५० उम्मेदवारको जमानत जफत भएको छ । प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभा गरी जम्मा ६४ को उम्मेदवारी कायम भएको थियो । धरौटी जोगाउन नसक्ने उम्मेदवार ७८ प्रतिशत छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया