एपिक्याट अवार्ड – २०२२ स्वास्थ्य पत्रकार मञ्च नेपाललाई

लोकपथ
52
Shares

इन्डोनेसिया । स्वास्थ्य पत्रकार मञ्च नेपाललाई एपिक्याट अवार्ड २०२२ प्रदान गरिएको छ । बिहीवारदेखि इन्डोनेशियाको बालीमा सुरु भएको सुर्तीजन्य पदार्थ र नसर्ने रोगविरुद्ध एशिया प्रशान्त क्षेत्रका नगरहरुको दवाब समूह (एपीक्याट)को सातौं शिखर सम्मेलनमा मञ्चलाई अन्तर्राष्ट्रिय स्तरको अवार्ड प्रदान गरिएको हो ।

नसर्ने रोग तथा सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी अभियानमा मञ्चले योगदान गरेको भन्दै अमेरिकाको ब्लुम्वर्ग फिल्यान्थ्रोपिकका प्रतिनिधि केली लार्सन र इन्डोनेशियाको बोगर सिटीका मेयर विमा आर्याले मञ्चका अध्यक्ष रामप्रसाद न्यौपानेलाई सो अवार्ड हस्तान्तरण गरे ।

मञ्च सहित सम्मेलनमा आठ वटा सरकारी तथा गैरसरकारी निकायलाई पनि उक्त अवार्ड प्रदान गरिएको छ । अवार्ड पाउनेमा बाली प्रोभिन्स इन्डोनेशिया, डिली नगर पालिका टिमोरलिस्टे, ताङगाईल नगरपालिका, बंगलादेश, कम्बोडियाको स्वास्थ्य मन्त्रालय, टोबाको, सिटी द फिलिपिन्स, पूर्वरेजो रेजेन्सी इन्डोनेशिया, पालेब्याङसिटी इन्डोनेशिया रहेका छन् । यस्तै न्युमान सौरिक्ता रिजेन्ट अफ क्लुङकुङ डिस्टीकका न्युमान स्वरित्तालाई वल्र्ड नोट टोबाको डे २०२२ अवार्डद्धारा सम्मान गरिएको छ ।

अवार्ड ग्रहण गरेपछि मञ्चका अध्यक्ष न्यौपानेले अवार्डले नसर्ने रोग तथा सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी अभियानका लागि थप हौसला मिलेको बताए । नसर्ने रोगको प्रमुख कारक सुर्तीजन्य पदार्थको सेवनबाट बर्षेनी हजारौँ व्यक्तिको अकालमा ज्यान जाने गरेको भन्दै मञ्चले त्यसको न्युनिकरण सम्वन्धी अभियानमा सधै साथ दिने बताए ।

बिहीवारदेखि नै सुरु भएको सम्मेलन तीन दिन चल्ने छ। सम्मेलनमा १२ देशका ८२ वटा सहरका मेयर तथा प्रतिनिधिहरुको सहभागीता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?