नेपालका लागि अमेरिकी राजदूत थम्पसनको मेयर शाहसँग शिष्टाचार भेट

लोकपथ
130
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि अमेरिकाका राजदूत डीन आर. थम्पसनले परिचयात्मक शिष्टाचार भेट गरेका छन् । भेटका लागि राजदूत थम्पसन प्रमुखको कार्यकक्ष राष्ट्रिय सभा गृह आउका थिए ।

भेटका क्रममा प्रमुख शाहले, काठमाडौं मौलिक सांस्कृतिक सम्पदाले भरिएको जीवन्त सहर भएको बताए । सहरको जीवन्तता संरक्षण र प्रवर्धन महानगरका लागि प्राथमिक कार्यक्रम रहेको उनको भनाइ थियो ।

त्यस क्रममा राजदूत थम्पसनले काठमाडौंसँग संयुक्त राज्य अमेरिकाका विभिन्न सहरहरुसँग भगिनी सम्बन्ध रहेको बताउँदै नगर र नागरिक स्तरीय दिगो सम्बन्धका लागि आफू प्रतिवद्ध रहेको धारणा राखेका थिए । त्यस क्रममा सम्पदा संरक्षण तथा प्रवर्धन, सहरी विकासका आपसी सिकाई र अभ्यास तथा द्विपक्षीय सम्बन्धमा विषयमा कुराकानी भएको थियो ।

अमेरिकाको फेडरिसवर्ग, बोल्डर, युजिन सहर र रोचेष्टर सहरसँग काठमाडौँ महानगरको भगिनी सम्बन्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?