२३ माघ २०७९, सोमवार

क्षमता भन्दा बढी सामान ढुवानी गर्ने ७५ वटा ट्रक र ट्रिपर कारबाहीमा

२०७९,मङ्सिर,१५,बिहीवार २०:२६

54
Shares

काठमाडौं । क्षमता भन्दा बढी सामान ढुवानी गर्ने ७५ वटा ट्रक र ट्रिपरलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

भक्तपुरको सल्लाघारी–जगाती सडकखण्डमा गरिएको रात्रिकालिन चेकिङ्का क्रममा सवारी साधनको हद निर्धारण गरिएको भन्दा बढि मालसामान राखिएका मालवहाक सवारी साधनलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

कारबाहीका क्रममा ३२ वटा सवारी साधनलाई यातायात व्यवस्था ऐन २०४९ बमोजिम जरिवाना गराइएको थियो भने ४३ वटा सवारी साधनमा बढी भएको सामान हटाउन लगाइएको थियो ।

सवारी साधनमा क्षमता भन्दा बढी सामान ढुवानी गर्दा सडक संरचनामा असर पुग्नुका साथै सवारी साधन अनियन्त्रीत भई दुर्घटना हुन सक्ने भएकाले क्षमता भन्दा बढी सामान ढुवानी नगर्न पनि उनले अनुरोध गरे ।

प्रकाशित मिति: २०७९,मङ्सिर,१५,बिहीवार २०:२६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पशुपति आर्यघाटमा अन्त्येष्टिका लागि लगिएको १७ महिनाको शिशुको शव प्रहरीले नियन्त्रणमा लिएको छ । शरीरमा निलडाम भएको र

काठमाडौं । काठमाडौं उपत्यकाका तीन ठाउँमा बर्डफ्लू संक्रमण पुष्टि भएको छ । ललितपुरको खुमलटार, काठमाडौंको नार्गाजुन नगरपालिका रामकोट र तारकेश्वर

काठमाडौं । नेपाल र जापानको राजनीति केन्द्रित दुई दिने सेमिनार शुरु भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल तथा एसियाली

भैरहवा ।भैरहवामा ट्रक, बस र कार एक–आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । सडकमा

ताजा समाचार

विदेशी मुद्राको सञ्चिती बढ्यो
 २०७९,माघ,२३,सोमवार १७:२८