स्रोत नखुलेको लाखौं रूपैयाँसहित २ जना पक्राउ

लोकपथ
104
Shares

रौतहट । रौतहटको सदरमुकाम गौरस्थित सशस्त्र प्रहरीको गस्ती टोलीले स्रोत नखुलेको लाखौं रूपैयाँसहित दुई जना युवकलाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी ११ नम्बर हेक्वा हजमिनिया गौरबाट इन्स्पेक्टर शंकर थापाको कमान्डमा गएको टोलीले गौरस्थित बरहवा पुल छेउमा चेकजाँचको क्रममा अवैध रकमसहित दुवै जनालाई बुधबार साँझ पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गढीमाई नगरपालिका ४ सग्रामपुरका २९ वर्षीय राजुकुमार यादव र ३३ वर्षीय राजेशकुमार यादव रहेको सशस्त्र प्रहरी रौतहटका प्रमुख ध्रुव कार्कीले बताए । उनीहरुको साथबाट १२ लाख ६४ हजार ८ सय स्रोत नखुलेको रुपैयाँ बरामद भएको एसपी कार्कीले जानकारी दिए ।

बरामद रूपैयाँ, उनिहरुले प्रयोग गरेको प्रदेश ३–०२–०१३ प ४९५६ नम्बरको मोटरसाइकलसहित दुवै जनालाई आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?