हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहीबार बिहान देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
यस्तै दिउँसो प्रदेश १ र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
यस्तै राति सुदूरपश्चिम प्रदेशमा र प्रदेश १ का पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया