सुनुवाइ पूरा नहुँदा न्यायाधीशको नियुक्ति अलपत्र

लोकपथ
39
Shares

काठमाडौं । संसदीय सुनुवाइ प्रक्रिया पूरा नगरी नियुक्तिको प्रक्रिया अघि बढाउन मिल्ने वा नमिल्ने विवादले सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशको नियुक्ति अलपत्र परेको छ । करिब तीन महिनाअघि नै सिफारिस भए पनि सुनुवाइ प्रक्रिया पूरा नभएकाले नियुक्ति गर्ने वा नगर्ने विवाद छ ।

संसदीय सुनुवाइको प्रक्रिया सुरु भएपछि प्रतिनिधि सभाको कार्यकाल सकिएकाले प्रक्रियाले पूर्णता पाएको थिएन । न्यायपरिषद्ले गत भदौ २२ गते नीता गौतम दीक्षित, विनोद शर्मा र डीएन पराजुलीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो ।

सिफारिसकै अवस्थामा उच्च अदालत तुल्सीपुरकी मुख्य न्यायाधीश नीता गौतम दीक्षित भने अवकाशको मुखमा पुगेका छन् । संसदीय सुनुवाइको प्रक्रिया पूरा नहुँदा हालको पदबाट उनले अवकाश पाउन लागेका हुन् । दीक्षित मङ्सिर १८ गते उच्च अदालतबाट उमेर हदका कारण अवकाश पाउँदै छन् ।

अहिलेकै अवस्थामा सुनुवाइको प्रक्रिया पूरा हुने अवस्था छैन । न्यायपरिषद्का प्रवक्ता मानबहादुर कार्कीले परिषद्ले संसदीय सुनुवाइका लागि पत्राचार गरे पनि त्यसपछिका कुनै प्रक्रिया अघि नबढाएको बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?