२२ माघ २०७९, आईतवार

बङ्गलादेश डाइभर्ट भएको नेपाल एयरलाइन्सको जहाज पुनः थाइल्याण्ड उड्दै

२०७९,मङ्सिर,१४,बुधबार २१:०४

63
Shares

काठमाडौं । थाइल्याण्डको बैंकक उडानका क्रममा केही प्राविधिक समस्या आएपछि बङ्गलादेश डाइभर्ट भएको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी ए३२० जहाज केहिबेरपछि पुनः बैंकक उड्ने निगमले जनाएको छ ।

निगमका प्रवक्ता अर्चना खड्काका अनुसार काठमाडौंबाट बैंककका लागि उडेको आरए ४०१ उडान नम्बर रहेको जहाजको इन्डिकेटरले कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिएको सङ्केत गरेपछि बङ्गलादेशको चटगाउँ अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो ।

“इन्डिकेटरमा धुवाँ आएको सङ्केत आएर डाइभर्ट गरिएको हो, जाँच गर्दा खासै समस्या देखिएको छैन, केहीबेरपछि जहाज बैंकक उड्ने तयारीमा छ”, प्रवक्ता खड्काले भनिन् । जहाजमा एक सय ५२ यात्रु सवार रहेको बताइएको छ ।

प्रकाशित मिति: २०७९,मङ्सिर,१४,बुधबार २१:०४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । मेटलाइफ फाउन्डेसनले सम्भावित आप्रवासी, विदेशमै अवस्थित आप्रवासी वा विदेशबाट फिर्ता आएका आप्रवासी महिला उद्यमीहरूको स्वास्थ्य र आर्थिक स्थिरता

काठमाडौं । उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ हिसान नेपालको बाग्मती प्रदेश स्तरीय कमिटी निर्माण भएको छ । शनिबार काठमाडौंमा

झापा । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । आफ्नै श्रीमती ४५ वर्षीया कल्पना पोखरेल (बस्नेत)को

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा पहिलो पटक मृगौला प्रत्यारोपण गरिएको छ । लमजुङको दोर्दी गाउँपालिका–६ घर भई काठमाडौंको

ताजा समाचार

संसदमा बाधा अड्काउ फुकाउ आदेश पेस
 २०७९,माघ,२२,आईतवार १६:५७
नेप्से परिसूचकमा झिनो अंकको वृद्धि
 २०७९,माघ,२२,आईतवार १६:३३