कांग्रेस केन्दीय समितिको बैठक आज पुन बस्दै, नेविसंघद्वारा धर्ना र प्रदर्शनको तयारी

काठमाडौं । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको म्याद थप र पार्टीको महासमिति बैठकबारे छलफल गर्न पुन आज बैठक बस्दै छ । 

शनिवार दिउँसो बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठमा सहमति जुट्न नसकेपछि बैठक पुन आज दिउँसो २ बजेको लागि बोलाइएको हो । 

कांग्रेसलाई नेविसंघको म्याद थप र पार्टीको महासमिति बैठकबारे थप निर्णय लिन समस्या परेको छ । 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार कांग्रेस नेताहरुबीचको अनौपचारिक छलफलमा सहमति जुट्न नसकेपछि बैठक आजलाई राखिएकोे हो । 

शनिवारको बैठकमा कांग्रेसको संस्थापन पक्षले नेविसंघमा टिका लगाएर नयाँ नेतृत्व चयन गर्न सक्ने भन्दै केही असन्तुष्ट नेविसंघका नेता कार्यकर्ताले पार्टी कार्यालय सानेपामा प्रदर्शन गरेका थिए । उनीहरुले आज पनि कांग्रेस कार्यालयमा धर्ना र प्रदर्श गर्ने तयारी गरेका छन् ।

महाधिवेशन गर्न भन्दै थपिएको नेविसंघको तीन महिने कार्यकाल आजबाट सकिँदैछ ।

त्यस्तै नेविसंघले यसअघि १२ औँ महाधिवेशन गर्न विधान स्वीकृतिका लागि माउ पार्टी कांग्रेसलाई बुझाएपनि संस्थापन पक्ष र इतर समूहबीचको विवादका कारण उमेर हदबाहेक अन्य बुँदाहरु पारित हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?