बैंककका लागि उडेको विमान बंगलादेशमा अवतरण

लोकपथ
63
Shares

काठमाडौं । काठमाडौंबाट बैंककका लागि उडेको नेपाल वायुसेवा निगमको न्यरोबडी विमान बंगलादेशमा आकस्मिक अवतरण गरिएको छ । जहाजको कार्गो कम्पार्टमेन्टमा धुवाँ निस्किएको संकेत देखिएपछि बिमान आकस्मिक अवतरण गरिएको हो ।

बुधवार साँझ बंगलादेशको चटगाउ अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण गरिएको बताइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार निगमको आरए ४०१ उडान नम्बरको विमानको कार्गो कम्पार्टमेन्टमा धुवाँ निस्किएको संकेत बत्ती ककपिटमा देखिएपछि चालक दलले बैंकक जाँदै गरेको जहाजलाई बंगलादेशको चटगाउ विमानस्थलमा डाइभर्ट गरेका हुन्।

काठमाडौंबाट साढे ३ बजे उडेको न्यरोबडी अल्फा किलो व्हिस्की विमान नेपाली समय अनुसार पौने ६ बजे बंगलादेशको चटगाउमा आकस्मिक अवतरण गरिएको थियो ।

विमानमा रहेका १ सय ५२ यात्रुलाई त्यहाको टर्मिनलमा राखिएको र जहाज बन्ने नबने केही टुंगो लागिसकेको बताइएको छ । उक्त विमान बैंकक नै उड्छ या काठमाडौं फर्किन्छ भन्नेबारे कुनै टुंगो नसकेको पनि स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?