किशोर नेपालको फेसबुक बन्द गरिएकोप्रति युनियनको आपत्ति

लोकपथ
434
Shares

काठमाडौं । नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष किशोर नेपालको सामाजिक सञ्जाल ह्याक गरिएको घटनाप्रति आपत्ति जनाएको छ ।

कार्तिक ६ गते फेसबुक अचानक बन्द भएको र त्यसपछि इमेल, ट्वीटर, इन्स्ट्राग्राम र फोन समेत बन्द भएको छ ।

घटनाका सम्बन्धमा पत्रकार नेपालले प्रहरीलाई जानकारी गराउँदा समेत कुनै समाधान नदेखिकएको विषयमा गम्भीर रहेको युनियनले जनाएको छ ।

लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रताको माध्यमलाई कुन्ठित पार्न नहुने बताउँदै युनियनले सामाजिक सञ्जाल यथाशिघ्र प्रयोगमा ल्याउने वातावरण बनाउन माग गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?