२२ माघ २०७९, आईतवार

झोलुङ्गे पुलले जोडियो परेवाडाँडा र चिन्तुटारको साइनो

२०७९,मङ्सिर,१४,बुधबार १६:१४

72
Shares

तनहुँ । मादी नदीको दायाँबायाँमा व्यास नगरपालिकाका दुई वडा पर्छन् ।

वारी व्यास–१० को परेवाडाँडा र पारी व्यास–५ को चिन्तुटार । दुबै वडाको बीचमा मादी नदी बग्छ । मादी नदीमाथि पुल नहुँदा हिँडेर एक घण्टा लाग्ने दूरी अहिले पुल बनेपछि दश मिनेटमा आउजाउ गर्न सकिन्छ ।

दैनिक दुई वडाका वासिन्दाको आवातजावत सहज बनाइदिएको व्यास–१० का पूर्ववडाध्यक्ष तुलसीराम सापकोटाले बताए ।

आर्थिक वर्ष २०७६/७७ मा पुल निर्माणको लागि ठेक्का सम्झौता गरे पनि विद्युत्को हाइटेन्सन लाइन र कोरोनाका कारण दुई वर्ष ढिलो गरी उक्त पुल हालै सम्पन्न भएको हो । एन टाइपको सस्पेन्सन किसिमको करिब दुई सय ८२ मिटर लामो झोलुङ्गे पुल निर्माणपछि त्यसक्षेत्रका बासिन्दामा खुसीयाली छाएको छ । गण्डकी प्रदेशको पूर्वाधार विकास कार्यक्रम अन्तर्गत जिल्ला पूर्वाधार कार्यालय तनहुँमाले सो पुल बनाएको हो ।

दुई करोड ६४ लाखमा पुल निर्माण गरिएको पुल निर्माणका साइट इन्चार्ज इञ्जिनीयर शेखर रायमाझीले जानकारी दिए।

पिजन हिल होटल सञ्चालकसमेत रहेका विवेक सापकोटाले दुई वडालगायतका करिब दश हजार बढी बासिन्दा प्रत्यक्ष लाभान्वित भएको बताए ।

पुल बनेपछि स्थानीयलाई बिरामी हुँदा निकै राहत मिलेको व्यास नगरपालिका–१० का वडाध्यक्ष खेमराज पोलले जानकारी दिए ।

प्रकाशित मिति: २०७९,मङ्सिर,१४,बुधबार १६:१४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ हिसान नेपालको बाग्मती प्रदेश स्तरीय कमिटी निर्माण भएको छ । शनिबार काठमाडौंमा

झापा । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । आफ्नै श्रीमती ४५ वर्षीया कल्पना पोखरेल (बस्नेत)को

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा पहिलो पटक मृगौला प्रत्यारोपण गरिएको छ । लमजुङको दोर्दी गाउँपालिका–६ घर भई काठमाडौंको

काठमाडौं । काठमाडौंको पुरानो बानेश्वरमा दुई जना मृत अवस्थामा फेला परेका छन् । मृत अवस्थामा फेला पर्नेमा रामेछाप घर भएका

ताजा समाचार