कांग्रेसले आजदेखि राजनीतिक प्रस्ताव मस्यौदा संकलन गर्दै

काठमाडौं । नेपाली कांग्रेसको राजनीतिक प्रस्ताव मस्यौदा समितिले आजदेखि प्रदेशगत सुझाव संकलन गर्ने भएको छ । 

आगामी कांग्रेस महासमिति बैठकमा पेस गर्नुपर्ने राजनीतिक प्रतिवेदनका लागि आजबाट सुझाव संकलन समिति प्रदेश जान लागेको हो । 

सुझाव संकलन समितिले आज प्रदेश २ को जनकपुरमा र गण्डकी प्रदेशको पोखराबाट सुझाव संकलन गर्ने लागेको हो । 

कांग्रेसका अनुसार सोमवार काठमाडौं, मंगलवार विराटनगर र धनगढी साथै विहीवार बुलवलमा सुझाव संकलनका लागि छलफल गर्ने तय भएको छ । 

त्यस्तै समिति सदस्य दिलबहादुर घर्ती सुझाव संकलनमा सम्बन्धित प्रदेशका जिल्ला सभापति, भ्रातृ संस्थाका प्रमुख र स्थानीय तहका प्रमुख र उपप्रमुख सहभागी हुने बताए ।  

उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा कांग्रेसले १७ सदस्यीय राजनीतिक प्रस्ताव मस्यौदा समिति बनाएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?