हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरुमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
यस्तै दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महशाखाको भनाइ छ ।
यस्तै राति प्रदेश १ का केही तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया