अवैध हातहतियार र विस्फोटक पदार्थसहित एक जना पक्राउ

लोकपथ
112
Shares

ताप्लेजुङ । ताप्लेजुङमा प्रहरी टोलिले हातहतियारसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरी निरीक्षक (एन्स्पेक्टर) सञ्जय बुचाको कमाण्डमा खटिएको प्रहरी टोलिले हातहतियारसहित एक व्यक्ति पक्राउ गरेका छन् ।

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ का नवीनकुमार नाल्बोलाई प्रहरीले पक्राउ गरेको हो । उनीमाथि आफ्नै भाइ शुक्रराज नाल्बो लिम्बुको भरुवा बन्दुकबाट गोलि प्रहार गरि हत्या प्रयासको आरोप छ ।

प्रहरी टोलीले अनुसन्धानका क्रममा उनको घरमा खानतलासी गर्दा भरुवा बन्दुक नाल एक थान, बारुदको कालो धुलो पदार्थ प्लाष्टिकको पोका एक थान, सेतो बट्टामा समेत बारुद रहेको एक थान, भरुवा बन्दुकमा लोड गर्न प्रयोग गर्ने गोली (फलामका छर्रा) ६ ओटा, फलाम काट्न प्रयोग गर्ने औजार एक थान, दापसहितको खुकुरी एक थान, भरुवा बन्दुकको बट जस्तो देखिने काठको बस्तु एक थान, रडको टुक्रा दुई थान बरामद गरिएको प्रहरी निरीक्षक सञ्जय बुचाले बताए ।

उनीमाथि अवैध हातहतियार प्रयोगको कारण फौजदारी मुद्धा अन्तर्गत कर्तव्य ज्यान तथा हातहतियार खरखजना मुद्धा चलाउने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?