सुकुम्वासी बस्तीमा डोजर चलाइएकोमा ओलीको आपत्ति

लोकपथ
117
Shares

काठमाडौंं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुकुम्बासी बस्तीमा डोजर चलाइएकोमा मंगलवार महानगरप्रति आपत्ति जनाएका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा ओलीले सुकुम्वासीमाथि दमन गरेर समस्याको समाधान नहुने बताएका हुन् । ‘सुकुम्वासी बस्तीमा तमासा देखियो, तमासा गर्ने हाकिमको कुरा सुन्दा शत्रुदेशसँगको लडाइँ गरेजस्तो– सुरक्षाकर्मीले साथ दिएनन् रे उनीहरू कुनै शत्रु होइनन्, गरिब गुरुबा हुन्, खोलाको किनारामा बसेका जनतालाई उठाएर के बहादुरी ? कसलाई पराजित गरेर को विजयी हुने ?,’ ओेलीले भने । उनले महानगरप्रमुख बालेन शाहलाई लक्षित गर्दे भने, ‘सुखालयमा बसेकालाई गरिब जनताको व्याथा के थाहा हुन्छ ?’

निर्धा सुकुम्वासीलाई उठाउन डोजरको प्रयोग गरिएकोमा पनि उनले आपत्ति जनाए । काठमाडौंं महानगरपलिकाले सोमबार दिउँसो थापथलिस्थित सुुकुम्बासी बस्तीमा डोजर चलाइएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?