२३ माघ २०७९, सोमवार

सुदूरपश्चिममा डेंगु सङ्क्रमण घट्दो

२०७९,मङ्सिर,१३,मंगलवार १३:२७

63
Shares

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा हालसम्म डेंगु ले तीनजनाको मृत्यु भइसकेको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार डेंगु का कारण कैलालीमा दुई र अछाममा एकजनाको मृत्यु भएको हो । प्रदेशभर एक हजार दुई सय ७२ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।

कैलालीमा चार सय ३०, कञ्चनपुरमा दुई सय १४, दार्चुलामा तीन सय ३२, डोटीमा ८४, बैतडीमा ७३, डडेल्धुरा र अछाममा ४०÷४०, बझाङमा ३३ र बाजुरामा २७ जनामा सङ्क्रमण देखिएको जोशीले बताए ।

लामखुट्टेको टोकाइबाट हुने डेंगु सङ्क्रमण पछिल्लो समय भने घट्दै गएको छ । गर्मी र वर्षातको समयमा सङ्क्रमण बढी देखिएको भए पनि हाल भने बिरामीको सङ्ख्या घटेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर दीपेश श्रेष्ठले जानकारी दिए । उनले भने, “ वर्षातको समयमा दैनिक रुपमा बिरामी देखिने गरेकाले जोखिम निकै बढेको थियो, सङ्क्रमितलाई अस्पतालमा भर्ना नै गरेर उपचार गर्नुपर्ने अवस्था पनि आयो । हाल भने त्यो जोखिम भने घटेको छ ।”

वर्षातमा दैनिक रुपमा डेंगुका बिरामी बढ्दै गएपछि प्रदेशभरि डेंगु सङ्क्रमण फैलाउने लामखुट्टेको लार्भा भेटिएकाले पानी जम्ने ठाउँ पहिचान गरेर सरसफाइ अभियानका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो ।

प्रकाशित मिति: २०७९,मङ्सिर,१३,मंगलवार १३:२७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । काठमाडौं उपत्यकाका तीन ठाउँमा बर्डफ्लू संक्रमण पुष्टि भएको छ । ललितपुरको खुमलटार, काठमाडौंको नार्गाजुन नगरपालिका रामकोट र तारकेश्वर

काठमाडौं । नेपाल र जापानको राजनीति केन्द्रित दुई दिने सेमिनार शुरु भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल तथा एसियाली

भैरहवा ।भैरहवामा ट्रक, बस र कार एक–आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । सडकमा

काठमाडौं । जातीय भेदभाव तथा छुवाछूतविरुद्ध भइरहेका घटना सम्बन्धमा समयमै प्रभावकारी अनुसन्धान हुन नसक्दा न्याय प्राप्त गर्ने अधिकारबाट पीडितहरु वञ्चित

ताजा समाचार

विदेशी मुद्राको सञ्चिती बढ्यो
 २०७९,माघ,२३,सोमवार १७:२८