सर्वोच्चको गेटमा रातो रंग छ्याप्ने युवतीसहित दुई जना पक्राउ (तस्वीरसहित)

लोकपथ
301
Shares

काठमाडौं । सर्वोच्चको गेटबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

मंगलबार बिहान सर्वोच्च अदालतको गेटमा न्याय माग्दै रातो रंग छ्याप्ने दुई जना युवतीलाई प्रहरीले पक्राउ गरेको हो।

सिराहाकी बिनु यादवले श्रीमानबाट हिंसामा पर्दा पनि न्याय नपाएको भन्दै आज बिहान सर्वोच्च अदालत अगाडि रातो रंग फ्याँकेर विरोध जनाएकी थिइन् ।

उनी न्याय माग गर्दै मंगलबार सेतो कपडामा सर्वोच्च पुगेकी थिइन्। उनीसँगै अभियानकर्ता जस्मिन ओझा पनि पुगेकी हुन्।

उनीहरू दुवै जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारमा राखेको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?