१५ माघ २०७९, आईतवार

‘एक्सन’मा उत्रिँदै भरतपुर महानगरपालिका, मापदण्ड विपरितका संरचना हटाउन ३५ दिने सूचना

२०७९,मङ्सिर,१३,मंगलवार १२:२३

45
Shares

चितवन। भरतपुर महानगरपालिकाले अनियमित संरचना हटाउन ३५ दिने सूचना सार्वजनिक गरेको छ ।

मंगलबार एक सूचना प्रकाशन गर्दै भरतपुर महानगरपालिका क्षेत्रभित्र नक्सा स्विकृती बिना, मापदण्ड विपरित निर्माण भएका संरचनाहरु हटाउन समय दिइएको छ ।

सडक क्षेत्राधिकार मिचेर बनाइएका टहरा, कम्पाउण्डवाल,स्वीकृति नलिई भवनको अगाडि निर्माण भएका ट्रस, जस्ता राखेर निकालेको अस्थायी पाली, अस्थाई टहरा लयायतको अन्य संरचनाहरु सडकबाट फूटपाथमा सवारीसाधन उक्लिन बाटो अवरुद्ध हुने गरी ढलाई गरी बनाइएका स्थायी रयाम्पहरु, नक्सापासमा बेसमेन्ट पार्किङ स्वीकृत गरी संचालनमा रहेका पसल, गोदाम, रेष्टुरेण्टमा प्रयोग भइरहेको बेसमेन्टहरु हटाउन महानगरले आग्रह गरेको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरलाई सुन्दर र सुसंस्कृति शहरको रुपमा विकास गर्न अवैध संरचना हटाउन लागिएको बताइन्। यस्ता संरचनाले भरतपुरलाई कुरुप बनाउने भएकाले महानगरपालिका यो कार्यको सुरुवात गर्न लागेको उनको भनाई छ ।

महानगरले ३५ दिनको समय सीमाभित्र मापदण्डको पालना नगरी निर्माण भएका भवन, संरचना, सीमा पर्खाल र अस्थायी टहराहरु नहटाए ‘स्थानीय सरकार सञ्चालन ऐन–२०७४’ बमोजिम महानगर आफैले हटाई लागेको खर्च सम्बन्धित व्यक्ति, संस्थाबाट असुल उपर गर्ने जनाएको छ ।

यस्तै महानगरपालिका क्षेत्रभित्र कुनै पनि भवन तथा संरचनाहरु प्रचलित मापदण्ड बमोजिम नक्सा पास स्वीकृति लिएर मात्र निर्माण गर्नुपर्ने व्यवस्था ‘स्थानीय सरकार संचालन ऐन–२०७४ ले गरेको छ ।

प्रकाशित मिति: २०७९,मङ्सिर,१३,मंगलवार १२:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

शनिबार साँझ धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न पुगेकाको अनियन्त्रित भीडमा परी २५ जनाभन्दा बढी घाइते भएका छन् ।

महोत्तरी । ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने मुख्य नाराका साथ आज ७०औँ विश्व कुष्ठरोग दिवस कार्यक्रम विविध कार्यक्रम

एकाएक चर्चा कमाएको गजल ‘के लत बस्यो’ले सार्वजनिक भएको १७ दिनमै युट्युबमा ३१ लाख बढी भ्यूज पाएको छ । गायक

स्याङ्जाका एक किसानले सुन्तला बिक्रीबाट रु ४५ लाख आम्दानी गरेका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–१० राङखोलाका किसान मुक्ति अधिकारीले उक्त

ताजा समाचार

‘के लत बस्यो’लाई ३१ लाख बढी ‘भ्यूज’
 २०७९,माघ,१५,आईतवार ०७:५२
सुन्तला बिक्रीबाट रु ४५ लाख आम्दानी
 २०७९,माघ,१५,आईतवार ०७:३२
यस्तो छ आजको विनिमयदर
 २०७९,माघ,१५,आईतवार ०७:२५