सुकुम्बासी बस्ती हटाउनुको कारणबारे सूचना माग (पत्रसहित)

लोकपथ
168
Shares

काठमाडौं । बागमती किनारमा रहेका सुकुम्बासी, भूमिहीन तथा अव्यस्थित बसोबासीहरुका बारेमा सम्पूर्ण विवरण उपलब्ध गराउन सूचना माग गर्दै निवेदन दर्ता गरिएको छ ।

भूमिहीनको पक्षमा वकालत गर्दै आएका अधिवक्ता राजुप्रसाद चापागाइँले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँग सम्पूर्ण विवरण माग गरेका हुन् ।

समितिको कार्यक्षेत्रभित्र पर्ने बागमती किनार लगायतका क्षेत्रमा बस्ने भूमिहीन सुकुम्बासीहरु कति रहेका छन् ? ती परिवारमध्येबाट अर्को कुनै विकल्प नभएका कति परिवार छन् ? वा ती परिवारलाई उठिवास लगाउँदा आवासविहीनताको जोखिममा पर्ने परिवार संख्या कति रहेछ लगायतका सूचना माग गरिएको हो ।

अधिवक्ता चापागाइँ लगायत विभिन्न सामाजिक संघ संस्थाले कुनै प्रबन्ध नगरीकन कुनै पनि बस्तीबाट कोही पनि भूमिहीन वा सुकुम्बासी परिवारहरुलाई उनीहरुको बासस्थानबाट विस्थापन नगराउन परमादेश समेतको माग राखी दायर भएको मुद्दा विचाराधिन अवस्थामै रहेको छ ।

सो सम्बन्धमा सहयोग पुग्ने किसिमले अधिवक्ता चापागाइँले सूचना माग गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?