त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ शुल्क महंगो भएको भन्दै विरोध प्रदर्शन

लोकपथ
104
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ शुल्क महंगो भएको भन्दै ट्याक्सी चालकहरुले विरोध प्रदर्शन गरेका छन् ।

मंगलबार बिहान ट्याक्सी व्यवसायीहरुले आगमन गेटअगाडि प्रदर्शन गरेका हुन् ।

प्रतिघण्टा २० रुपैयाँ पार्किङ शुल्क लिइँदै आएकोमा एकैपटक ८० रुपैयाँ पुर्याइएको भन्दै व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।

विमानस्थलको सो क्षेत्रको जग्गा आईएमएस एयरपोर्ट सर्भिस नामको कम्पनीले भाडामा लिएको छ । तर विमानस्थलमा पार्किङ शुल्क महंगो भएको ट्याक्सी व्यवसायी मात्र नभइ आम सर्वसाधारणले समेत गुनासो गर्दै आइरहेको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?